काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन्। कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताए। बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गरे।उनले भने, ‘हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ। तर, हामी अझै केही समय हेर्छौं। यही कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै ढंगबाट आवश्यक निर्णय लिन्छौँ।’
एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अहिले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नलागेको बताए। उनले भने, ‘सरकार ढाल्ने विषयमा हामी सहभागी छैनौँ। त्यसमा हाम्रो इन्ट्रेस्ट पनि छैन। अहिले हामी पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेका छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने
प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रवि लामिछानेको दाबी
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
उम्मेदवार टुंग्याउनु अगाडी रास्वपाले आकांक्षीहरुलाई किन भेट्न पठाउँदैछन् रवि लामिछाने ?
रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ