काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि,२०८० सर्वसहमतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।
समितिको सोमबारको बैठकमा कार्यविधिको मस्यौदामाथि दफादार छलफल गरी कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गरिएको हो । संघीय संसदको प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ को उपनियम ९७० बमोजिम समितिले उक्त कार्यविधि बनाएर पारित गरेको समिति सभापति थापाले जानकारी दिए ।
समितिको बैठकलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउनका लागि संघीय संसदको प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ को उपनियम ९७० बमोजिम समितिले कार्यविधि बनाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि अर्थ विज्ञलाई मन्त्रालयले सोध्यो १५ दिने स्पष्टीकरण
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
होटेलको सीसीटीभी फुटेज र बिल झिकाइ पाऊँ भन्दै रास्वपा सांसद कठायतले दिइन् उजुरी
कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्रालय
कृषिबाट आयआर्जन गर्दै दलित महिला