एजेन्सी । इजरायलले अमेरिकाबाट एफ–३५ लडाकु विमानको तेस्रो स्क्वाड्रन खरिद गर्ने सम्झौतालाई अनुमोदन गरेको छ
इजरायलले यी विमान खरिदमा ३ अर्ब डलर खर्च गर्नेछ ।लकहिड मार्टिनले बनाएको विमानको यो खेपसँगै इजरायली वायुसेनामा एफ–३५ विमानको संख्या बढेर ७५ पुग्नेछ ।
यस सम्झौतामा अमेरिकाबाट आएको आर्थिक सहयोग प्रयोग गरिने अधिकारीहरूले बताएका छन् । इजरायल पहिलो देश हो, जसलाई अमेरिकाले एफ ३५ विमान दिएको छ।
उत्पादनमा संलग्न अन्य अमेरिकी कम्पनीहरूमा विमान इन्जिनको लागि कनेक्टिकट आधारित प्र्याट र ह्विटनी समावेश छन्। रक्षा मन्त्रालयले विमानहरू अमेरिकी सैन्य सहयोगमा खर्च भइरहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, ०९ : ३५
लेखकबाट थप