काठमाडौ । रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजाँदै गर्दा बरामद भएको साढे २ किलो सुन प्रकरणमा बुटवलका २ वटा सुनचाँदी पसलको संलग्नता देखिएको छ ।
सुन प्रकरणमा बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलको संलग्नता देखिएको हो ।
असार १० गते लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदह नाका हुँदै नेपालबाट भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले झण्डै साढे २ किलो सुन बरामद गरेको थियो ।
सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
अहिले बालाजी र लक्ष्मीपति सुनचाँदी पसललाई सिल गरी अनुसन्धान भइरहेकाले विस्तृत विवरण खुलाउन नमिल्ने भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताए । ‘दुवै पसललाई सिल गरी अनुसन्धान भइरहेको छ । यसबारे अरु अहिले बताउन मिल्दैन । पछि यसबारे जानकारी आउँछ,’ उनले भने ।
बालाजी सुनचाँदी पसलका सञ्चालक ईन्द्र सुनार हुन् भने लक्ष्मीपति सुनचाँदी पसलकी सञ्चालक ईन्द्र सुनारकी श्रीमती हुन् ।
सुनसहित पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका–१० का हुमानन्द गिरीलाई अहिले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको र त्यही अनुसन्धानबाट बालाजी सुनचाँदी पसलको पनि संलग्नता देखिएकाले पसल सिल गरिएको उनले बताए ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म डण्डाको टोलीले असार १० गते १ किलो ९६५ दशमलव ३ ग्राम तौल कायम भएको सुन भैरहवा भन्सार कार्यालयमा बुझाएको थियो । करीब २ करोड मूल्यको सुन बरामद प्रकरणमा जिल्ला अदालतमा मुद्दा चलाउनुपर्ने प्रावधानअनुसार अदालतबाट म्याद लिएर अनुसन्धान शुरू गरिएको उनले बताए ।
बरामद सुन, सीमानाका पार गर्न प्रयोग भएको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई सशस्त्रले भैरहवा भन्सारमा बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर