काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन।
सहकारी संस्थाहरुलगायतले ठगी गरेको समाचार बाहिर आईरहेको उल्लेख गर्दै उनले उनीहरुलाई कारबाहीको दायरामा ल्याउने कुरालाई कुनै पनि हालतमा क्षमा दिन नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कारबाही गर्ने खालको कानून बनाउने कामलाई पनि सरकार र संसदले ख्याल नगरेको भन्दै आपत्ति समेत व्यक्त गरे ।
सांसद पौडेलले सरकार र संसदले नागरिकका अतिआवश्यकीय चासोको विषयमा कानून बनाउने कुरामा ध्यान दिन नसकेको गुनासो समेत गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
आर्थिक नीतिमा निजी क्षेत्रप्रति नकारात्मक भाष्य परित्याग गर्नुपर्नेमा प्रदीप पौडेलको जोड