महाेत्तरीका साहित्यकार भ्रष्टाचारविरुद्धको आन्दोलनमा

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, ११ : २५
महाेत्तरीका साहित्यकार भ्रष्टाचारविरुद्धको आन्दोलनमा

महोत्तरी। महोत्तरीमा भ्रष्टाचारविरुद्धको साहित्यिक आन्दोलनलाइ साहित्यकारहरुले निरन्तरता दिने भएका छन् ।गणतन्त्र दिवसको अवसर पारेर औपचारिक सुरु गरेका कविहरुले विभिन्न माध्यमवाट आफ्ना रचनाहरु वाचन र प्रकाशन गरी भ्रष्टाचारलाई निरुत्साहित गर्ने अभियानमा जुटेका हुन । जसकाकारण विभिन्न साहित्यिक डवली, साहित्यिक समुहहरु निर्माण गरि सुरु गरेको उक्त आन्दोलनले पछिल्लो समय चर्चा वटुल्दै गएको छ ।

परिवर्तनको लागी सवैभन्दा शक्तिशाली कलम भएको वताउदै कविहरुले जिल्लाका विभिन्न पालिकाहरुमा उक्त अभियानमा फरक फरक भाषाभाषीका साहित्यकारहरुलाइ रचनाको लागि प्रेरित गरिरहेका छ्न । २०२० को दशक देखी निक्कै चर्चामा रहेको राल्फा आन्दोलन जस्तै यो अर्को आन्दोलनको स्वरुप भएको  साहित्यकारहरुको भनाइ छ ।

राल्फा आन्दोलनको उदगमस्थल काठमाण्डौ भए जस्तै कविहरुले बर्दिबास नगरपालिकालाइ आधार इलाका बनाएका छन । काठमाण्डौवाट मोफसलमा ह्वात्तै फैलिएको राल्फा आन्दोलन जसरी नै भ्रष्टाचारविरुद्धको यो साहित्यिक आन्दोलन एउटा उचाइमा पुर्‍याइ छाडने कवि तथा प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष नारायण घिमिरेले वताए ।

अहिले जिल्लामा वसेर साहित्यकारहरुले भ्रष्टाचारका विरुद्ध मात्र हैन, सामाजिक संस्कार, अतिक्रमणमा परेको संस्कृति, त्यसभित्रका महत्व अनि बिकृतिहरुलाइ पनि तीखो व्यंग्य प्रहार गरिरहेका छन । गत  शुक्रबार पनि राष्ट्रिय धान दिवसको अवसर पारेर  साहित्यकारहरुले कृषि क्षेत्रका बिकृती, बिसंगतीहरुलाइ रचनाका माध्यमवाट खवरदारी गरे ।

बृहत साहित्य सञ्जाल मधेस प्रदेशको संयोजन तथा लेखनाथ स्मृति सदन महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकारहरुले किसानहरुका मार्का र सरकारको अभिभावकत्व माथी प्रश्न उठाए । भ्रष्टाचारविरुद्ध कविहरुले चालेको रचनात्मक महाअभियान आफैमा नौलो वनेको छ । यो अभियानमा जिल्लाका कतिपय स्थानिय सरकारले समेत ऐक्यबद्धता जनाएका छन ।

बर्दिवास नगरपालिकामा हुर्कदै गरेको साहित्यिक आन्दोलनमा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले संरक्षण गर्ने प्रतिबद्धता जनाएका छ्न । गुणात्मक  विकासको फडको मार्न कला साहित्यको विकास हुन जरुरी रहेको औल्याउँदै आफ्नो कार्यकालमा साहित्य सर्जकहरुसँग हातेमालो गर्ने उन्को भनाइ छ ।

यता भाषा साहित्यको दीगो विकासको लागी स्थानीय सरकारले नगर प्रज्ञा प्रतिष्ठानको गठन गरेर अगाडी बढन  साहित्यकारहरुले माग समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस