रुपन्देहीमा १० वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १० : ५४
रुपन्देहीमा १० वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ

बुटवल।रुपन्देही सुद्धोधन गाउँपालिका मानपकडीमा १० वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ परेको छ । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुद्धोधन गाउँपालिका-५ का शिव भारतीलाई प्रहरीले पक्राउ गरेका हुन् । उनलाई  शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० भरत विकले जानकारी दिए।

शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन्। ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन्।

त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्। एसपी विकका अनुसार बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो। ‘बालिकाकी आमाले छोरीमाथी जवरजस्ती करणी गरेको भनेर गुनासो गरेपछि शुक्रबार राति  उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं, एसएसपी बिकले भने।

सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु बस्यालले घटनाबारे जानकारी पाएको बताउँदै आफूले वडाअध्यक्ष चन्द्रभान चौधरीलाई त्यस बिषयमा कानूनी कार्वाहीमा सहयोग गर्न भनेको बताए।

जिल्ला प्रहरी प्रमुख बिकले कसैले दवाव दिएर आरोपितलाई छोड्न नमिल्ने बताए। ‘आरोपीमाथी अनुसन्धान भईरहेको छ, अदालतबाट म्याद थप गरेपछि घटनाबारे थप जानकारी दिउँला,ञ बिकले भने।

प्रतिक्रिया दिनुहोस