काठमाडौ । सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) तथा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर घोषित समाजवादी मोर्चाको बैठक आज (शनिबार) बस्ने भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मोर्चाको बैठक राखेर यसका कार्यक्रम तय गरिने जानकारी दिएका हुन्।
आज बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ।’
उक्त मोर्चा यही असार ५ गते काठमाडौंस्थित राष्ट्रियसभा गृहबाट समाजवादी मोर्चा घोषणा गरिएको थियो। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि मोर्चामा समेटिने भनिएकामा अन्तिम समयमा चार पार्टीको मात्र मोर्चा घोषणा गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार