बच्चा जन्माउने कर्मचारीलाइ थप तलब दिने चिनिया कम्पनिकाे घाेषणा

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, ०८ : ३०
बच्चा जन्माउने कर्मचारीलाइ थप तलब दिने चिनिया कम्पनिकाे घाेषणा

एजेन्सी । एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीलाई बच्चा जन्माउनका लागि तलब दिने भएको छ ।

चीनको Trip.com ले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाको लागि ५० हजार युआन अर्थात ६८९७ अमेरिकन डलर दिने घाेषणा गरेकाे हाे ।

जनसङ्ख्या सङ्कटसँग जुधिरहेको मुलुकमा ठूला निजी कम्पनीले गरेको यो पहिलो पहल हो । कम्पनीका ४० कराेड प्रयोगकर्ताहरू रहेका छन्।

उसका अनुसार विश्वभरका आफ्ना कर्मचारीबाट जन्मने बच्चालाई ५ वर्षसम्म वार्षिक १० हजार युआन नगद अनुदान दिइनेछ । कार्यक्रमको लागत करिब १ अर्ब युआन हुनेछ ।

प्रतिक्रिया दिनुहोस