काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने पनि बताए । उनले पार्टीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक नरहेको बताए ।
उनले आदिवासी जनजातीको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन सबै मिलेर लाग्नुपर्ने बताए । ‘आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने हो । पर्यटनको मुख्य आधार पनि यही बन्न सक्दछ’ उनले भने, ‘हामीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता विभिन्न क्षेत्रमा अझै सन्तोषजनक छैन । यसका लागि हामी सबै लाग्नुपर्छ । हाम्रो पार्टी र म लाग्नेछौँ ।’ आदिवासी जनतातिको सहभागिता बढ्दा कांग्रेस झनै बलियो र प्रभावशाली बन्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा