मल वितरणमा बद्मासी भयो, कारबाही गर्छौं : मन्त्री भुसाल

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८०, १४ : १५
मल वितरणमा बद्मासी भयो, कारबाही गर्छौं : मन्त्री भुसाल

ललितपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसालले केही ठाउँमा मल वितरणमा बद्मासी भएको भन्दै छानबिन गरी कारबाही गर्ने चेतावनी दिएका छन ।

शुक्रवार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् स्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित कार्यक्रममा उनले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको बताउनु भन्दै मलको अभाव नभएर केही ठाउँमा मल वितरणमा बद्मासी भएको र त्यसमा छानबिन गरी कारबाही गर्ने चेतावनी दिए। मन्त्री भुसाल धान रोपाईंमा पनि सहभागी भएका थिए । रोपाईं महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोपे।

मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए। उनले जमिन बाँझो हुनुमा मानिसहरुको जीवन शैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा शहरतिर बसाई सर्ने प्रवृतिको विकास, युवाहरु विदेश जानु र सरकारले पर्याप्त सेवा सुविधाहरु पु¥याउन नसक्नु प्रमुख कारण भएको बताए। कृषि मन्त्री भुसालले नेपालको १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेतीपाति गर्न थालेमा उत्पादन वृद्धि गरी खाद्यान्न निर्यात गर्ने अवस्थामा पुग्नसक्ने दाबी गर्नुभयो। उहाँले यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भएपनि बजेट विनियोजन गरेको बताए । 

प्रतिक्रिया दिनुहोस