काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीकै मूल्य घटेको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजोको तुलनामा सुन र चाँदीको मूल्य घटेर कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ९०० रुपैयाँ कायम छ ।हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो ।
हिजो बुधबार समेत सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । यस्तै, आज ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?