सरकारको धरातल बलियो छ, ५ वर्षै चल्छः लेखनाथ दाहाल

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, २१ : २८
सरकारको धरातल बलियो छ, ५ वर्षै चल्छः लेखनाथ दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रतिवद्धता गरेपछि बजेट सहजै पारित भएको बताएका छन ।

बुधवार प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०र०८१ को बजेट पारित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिवद्धताका कारण बजेट सहजै पारित भएको बताए ।

उनले सरकारले समस्याको बोध गहिराईबाटै भएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा आमुल परिवर्तन हुने विश्वास व्यक्त गरे । उनले आगामी वर्ष बजेटको सिद्धान्त र प्राथमिकता, नीति, योजना, कार्यक्रम बजेट निर्माणमा सांसदहरुको प्रत्यक्ष भुमिका रहने प्रधानमन्त्रीको संकल्पका कारण बजेट पारित भएको बताए।

उनले सरकारको धरातल कमजोर नभएको भन्दै सरकार पाँचै वर्ष चल्ने बताए। सांसद दाहालले बजेटमा भएका प्राविधिक कमजोरीहरुलाई सच्याइएको पनि बताए ।

उनले सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए। सरकारले देशमा देखिएका बेथिति र अराजकतालाई हटाउने गरी काम गरिरहेकोले सकार ढल्ने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस