काठमाडौँ । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका अनुसार दाङको तुलसीपुर उपमहागनरपालिका-३ एकता टोलस्थित पातुखोला नजिक सल्यान कालीमाटी गाउँपालिका-४ बस्ने ४४ वर्षीय भोला कडेल मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै धनकुटाको छथरजोरपाटी गाउँपालिका-२ हात्तिखर्क सल्ले बस्ने १९ वर्षीय पूर्ण राना मगर सोही ठाउँस्थित बाटोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता चितवनको भरतपुर महानगरपालिका-२ नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जङ्गलमा एक पुरुष मृत फेला
महिला झुण्डिएको अवस्थामा मृत फेला
कलाकार अभिनास झाकी पत्नी मृत फेला
कैलालीमा १६ दिनकी सुत्केरी नालामा मृत फेला
अस्पतालको गेट अगाडि ४५ वर्षीय पुरुष मृत फेला
रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला