चितवन । नेदरल्यान्ड्स विरुद्धको अन्तिम एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल १ रनले विजयी भएको छ । जितसँगै नेपाल र नेदरल्यान्ड्बीचको दुई एक दिवसिय श्रृखंला १–१ को बराबरीमा टुंगिएको छ ।
२१७ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २१५ रन मात्रै बनाउन सक्यो । जितको नजिक पुगेको नेदरल्यान्ड्सको अन्तिम विकेट कप्तान पारस खड्काले रन आउट गरेपछि नेपाल विजयी भएको थियो । अन्तिम बलमा नेदरल्यान्ड्सलाई जितका लागि २ रनको आवश्यकता थियो ।
नेदरल्यान्ड्सका लागि वेस्लेय बरेसीले ७१ रन बनाए । उनले ८९ बलमा ८ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । त्यस्तै, नेदरल्यान्ड्सका ड्यानियल टेर ब्राकले ३९, पिटर सेलयरले २१, बेन कोपरले १९ र शेन स्नाटरले १२ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । ललित भण्डारी र कप्तान पारसले समान २ लिए । सोमपाल कामी, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय १६ रन जोडेको थियो । कप्तान पारस खड्का र सोमपाल कामीको अर्धशतक पार गरेका थिए । कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाएका थिए । सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले समान १९/१९ रन बनाएका थिए । ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन बनाएका थिए । रोहित पौडेलले ६, आरिफ शेखले १६, सन्दीप लामिछानेले ८, बसन्त रेग्मी १ रनमा आउट भएका थिए ।
घरेलु टोली नेदरल्यान्ड्सका फ्रेड कासानेसले ३, मिचेल रिप्पोन र पिटर सेलारले समान २, पाउ भान मेकिरेन र साने स्नाटेरले समान १ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि