काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई बजेट पारित गर्न म्यासेज पठाएको छ । आगामी आर्थिक वर्षको बजेट आज प्रतिनिधिसभाबाट पारित गर्ने भएपछि सो पार्टीले आफ्ना सांसदहरुलाई म्यासेज पठाएको हो ।
‘हामीलाई प्रमुख सतेकबाट बजेट पारितको पक्षमा उभिन मोबाइलमा म्यासेज आएको छ । अरु सामाजिक सञ्जालमार्फत सन्देश आएको छ’ माओवादीका एक सांसदले भने, ‘पार्टीका सबै सांसदहरु बजेट पारितको पक्षमा उभिने छौं । आजै प्रतिनिधिसभाबाट बजेट पारित हुनेछ ।
’प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।आज प्रतिनिधिसभाबाट बजेट पारित भएपछि राष्ट्रियसभाबाट सोही प्रक्रिया पुरा गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नरहेको नेकपाको निष्कर्ष
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा