काठमाडौ । पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्।
कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन्। कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्।
कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन्। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै फिदिम नगरपालिका–११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा च्याउ टिप्न गएका २ महिलालाई बाढीले बगायो, एक जनाको शव फेला
चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी
जंगली च्याउ खाँदा उदयपुरमा एकै परिवारका ८ जना बिरामी
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु