काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा मृत्यु भएका जुम्लाका मयलाल परियारको शव नेपाल ल्याउन पहल गरिरहेको बताएका छन्।
जुम्लाको हिमा गाउँपालिकामा पर्ने देवर गाउँका परियारको शव झन्डै एक हप्तादेखि मलेसियामा अलपत्र छ। आफ्नो छातीको ट्याटुमा रवि लामिछानेको चित्र खोपाएका उनको शव मलेसियामा अलपत्र परेको भनी सामाजिक सञ्जालमार्फत शव नेपाल ल्याउन हारगुहार गरिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेले यसका लागि पहल सुरु गरिसकेको जानकारी दिएका हुन्।
सार्वजनिक स्टाटसको स्क्रिनसट राख्दै रविले सामाजिक सञ्जालमै लेखेका छन्, ‘सामाजिक सञ्जालमार्फत यो म्यासेजसहितको स्क्रिन सटमा मेरो ध्यानाकर्षण भयो। मयलाल परियारजी, देशमा नै बस्ने वातावरण बनाउन हामी लड्दै गर्दा तपाईं मलेसियामा अस्ताउनुभयो। तपाईंले यो संसारलाई महसुस गर्दा तपाईं र मेरो भेट भएन।अब तपाईं केही महसुस गर्न नसक्ने अवस्थामा पुग्नु भयो। तर तपाईंलाई देशले स्पर्श गर्नैपर्छ। तपाईंको पार्थिव शरीरलाई नेपाल ल्याउन म समन्वय गरिरहेको छु। परिवारसँग पनि कुरा गरेँ। राजदूतावास सँग पनि कुरा गरेँ। पेटको कुनै खराबीले मृत्यु भएको प्रारम्भिक खबर दूतावासले गराए पनि पोस्टमार्टम लागायतको प्रक्रियाले केही दिन लाग्नसक्ला। सबै प्रक्रिया मिलाएर जतिसक्दो छिटो नेपाल ल्याउने पहलमा आफैँ लागेको छु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेलाई सुकुम्वासी मोर्चाको ४ बुँदे मागपत्र
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ
संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्छः रवि लामिछाने
रवि लामिछानेको शुभकामना सन्देश - खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
नियुक्ति प्रक्रियामा व्यक्तिगत प्रभाव नपार्न सांसदलाई रवि लामिछानेको आग्रह