काठमाडाैं । महाेत्तरी, मकवानपुर र कैलालीबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । महोत्तरीकाे सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट नियन्त्रित लागुऔषध ओनरेस ३८ बोतलसहित सोही उपमहानगरपालिका-१४ मयुरधाप बस्ने ३५ वर्षीय अर्पण रिमाललाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरीले ना.६ प २३२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलालीकाे टीकापुर नगरपालिका-२ अस्नेरिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-५ बस्ने २० वर्षीय बिशाल चौधरी र सोही नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
नागढुंगामा बस चेक गर्दा १२ किलो चाँदीका गहना बरामद, सहचालक पक्राउ
मोबाइल लुटमा संलग्न ३ जना पक्राउ
भन्सार प्रमुखलाई कुटपिट गरेको आरोपमा नगर प्रहरी प्रमुखसहित चार जना पक्राउ
वैदेशिक रोजगारीमा लाटभिया र यूएई पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने दुई जना पक्राउ