काठमाडाैं । महाेत्तरी, मकवानपुर र कैलालीबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । महोत्तरीकाे सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट नियन्त्रित लागुऔषध ओनरेस ३८ बोतलसहित सोही उपमहानगरपालिका-१४ मयुरधाप बस्ने ३५ वर्षीय अर्पण रिमाललाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरीले ना.६ प २३२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कैलालीकाे टीकापुर नगरपालिका-२ अस्नेरिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-५ बस्ने २० वर्षीय बिशाल चौधरी र सोही नगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ