सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, ११ : ०४
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौँ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँले बढेर १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस