काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको बिद्यान अधिवेसन जारी छ ।
गत आइतवार देखी सुरु भएको बिद्यान अधिवेसन पुर्ववतः तालिका अनुसार आज समापन हुदैँछ ।
आजको बैठकमा मस्यौदा बिद्यान माथी समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शिर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।
गत आइतवार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा बिद्यानमा हिजो १० वटा समुहमा समुहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समुहवाट समुहगत धारणा राखे पछि अधिवेसनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसोधनसहित बिद्यान पारित गर्ने कार्यसुची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।
उनका अनुसार प्रस्तावित बिद्यानमा ७० बर्षे उमेर हदको प्राबधान राखिएको, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाईएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रिय समिति सदस्य हुन कम्तिमा पाँच बर्ष पार्टी सदस्यता लिएको पाँच बर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको बिद्यान प्रस्तुत भएको छ ।
उक्त मस्यौदा बिद्यानमा छलफलका लागि ४ सय २० केन्द्रिय सदस्यसहित करिब ८ सय जना प्रतिनिधिले सहभागिता जनाईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा