प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर सभामुखले दिए समवेदना

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १५ : ५१
प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर सभामुखले दिए समवेदना

काठमाडौँ । सभामुख देवराज घिमिरेले मातृशोकमा रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको परिवारलाई भेटेर शोक व्यक्त गरेका छन् । 

आइतबार काठमाडौँ–३२ स्थित नरेफाँटमा रहेको कोटदेवी मनोहरा विद्यानगर किरियापुत्री भवनमा पुगेर थपलियाको परिवारसँग सभामुखले शोक व्यक्त गरेका हुन । सभामुखले स्व. डम्बरकुमारी थपलियाको आत्माको चिरशान्तिको कामना गर्दै तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए । 

शोक व्यक्त गर्न सभामुखसहित प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय पनि किरियापुत्री भवन पुगेका थिए ।  थपलियाकी आमा डम्बरकुमारी थपलियाको गत असार १ गते काठमाडौँमा निधन भएको थियो । उनका तीन छोरा, चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस