काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा तीव्र वृद्धि आएको छ । यस दिन नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो ।
आज कारोबारमा समेत तीव्रता आउँदै आज ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । आज लाइफ इन्स्योरैन्स कम्पनी कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५० मुचुअल फण्ड र सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।
१३ वटै उपसूचक धनात्मक हुँदा बजार नै हरियाली बनेको छ । आज जीवन बीमातर्फको सेयर मूल्य आकासिन पुगेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार