काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएपछि केन्द्रीय बैंकले तान्न थालेको छ । आज असार १० गते केन्द्रीय बैैंकले रिभर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ तान्दैछ । एक साताका लागि बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्न लागेको हो । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् ।
यसअघि असार ७ गते १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरिएकोमा माग गरेभन्दा १६ अर्ब रुपैयाँ बढी अर्थात् २६ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो । यसले बैंकमा उच्च तरलता रहेको तर लगानीको वातावरण नभएको प्रस्ट हुन्छ ।
पछिल्लो तथ्याङकअनुसार बैंक तथा वित्तीय संस्थामा कूल ५५ खर्ब ७१ अर्ब निक्षेप संकलन हुँदा मुस्किलले ४८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको मात्र कर्जा लगानी भएको छ ।बैंकमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले एक हप्तामा ३० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत पैसा तान्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने