टोकियो । जापानको नागोयामा एक नेपाली विद्यार्थीको हृदयघातबाट निधन भएको छ । ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयाको नाकामुरा वार्डस्थित Aeiou जापानी भाषा विद्यालयमा अध्ययनरत १९ वर्षीय बचन क़ेदेम लिम्बुको शुक्रवार बिहान हृदयघातबाट निधन भएको हो । लिम्बुको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको एनआरएनएका आइसीसी सदस्य दिपक कार्कीले जानकारी दिए ।
‘४ महिना अघिमात्र जापान आएका लिम्बु शुक्रबार छात्रवास (होस्टेल) बाट विद्यालय जाने क्रममा ट्रेन स्टेशन नजिक एक्कासी ढलेका थिए’ कार्कीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘तत्काल उनलाई उद्धार गरेर मिनातोकुस्थित चुवु रोसाई अस्पताल लगिएको थियो, अस्पतालका चिकित्सकले बिहान ८ः ०८ बजे नै हृदयघातबाट निधन भएको पुष्टि गरेका छन् ।’
मृतक लिम्वूको शव नेपाली दूतावासबाट आवश्यक कागजी प्रक्रिया पुरा गरि जति सक्दो छिटो नेपाल पठाउन उनले अध्ययन गर्ने विद्यालय र एनआरएनए नागोयाको संयुक्त पहलमा काम भइरहेको बताइएको छ । सो प्रकृयामा लाग्ने सम्पूर्ण खर्च मृतक लिम्वूले अध्ययन गर्ने विद्यालयले व्यहोर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असार २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
विद्यार्थीलाई गगनको आग्रह : यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्