टर्किएमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी

एजेन्सी

शुक्रबार, ०८ असार २०८०, १२ : ३५
टर्किएमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी

टर्किए । इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।  आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका १,००० भन्दा बढी उद्यमीहरूलाई एकसाथ ल्याएर छलफल गरी सो प्रदर्शनी बिहीबार सम्पन्न भएको छ । 

टर्किएको ऊर्जा र प्राकृतिक स्रोत मन्त्रालयको सहयोगमा देशको सबैभन्दा ठूलो शहर टर्किएमा बुधबारदेखि शुरु भएको सो कार्यक्रम पाँचौं आणविक ऊर्जा प्लान्ट एक्स्पो र नवौं शिखर सम्मेलनको नाम दिइएको थियो।

यसलाई टर्किए, अफ्रिका र मध्य पूर्वलाई  समेट्ने सबैभन्दा व्यापक आणविक ऊर्जा कार्यक्रमको रूपमा बुझिएको छ । दुई दिने कार्यक्रममा ऊर्जा क्षेत्रमा सानो मोड्युलर रिएक्टरको भूमिका र आणविक ऊर्जा क्षेत्रमा सक्रिय उद्योगीहरूको अवसर लगायतका विषयमा छलफल गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस