बाढी पहिरोले एक सातामा लियो १३ जनाको ज्यान, २६ बेपत्ता

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, १२ : ४३
बाढी पहिरोले एक सातामा लियो १३ जनाको ज्यान, २६ बेपत्ता

काठमाडौं । बाढी पहिरोमा परी एक साताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् ।गृहमन्त्रालयका निमित्त सचिव तथा विपद व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्थका अनुसार वैशाख ३१ गतेदेखि जेठ ७ गते बिहानसम्म बाढी तथा पहिरोमा परी १३ जनाको मृत्यु भएको हो ।

बिहीवार बसेको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै पन्थले सो जानकारी दिएका हुन् ।सम्भावित बाढी पहिरोलाई ख्याल गरेर सरकारले पूर्व तयारी गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस