काठमाडौ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको समाजवादी मोर्चाबारे प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले पुरानै गाडीलाई डेन्टिङ–पेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने भन्ने मुख्य बहस रहेको बताए ।
समाजवादी मोर्चामा आफूलाई सामेल नगरेकोप्रति डा. भट्टराईले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
उनले लेखेका छन्, ‘देशमा अग्रगामी वैकल्पिक शक्तिको रूपमा नयाँ समाजवादी विकल्प निर्माण गर्ने सन्दर्भमा अहिले भइरहेका बहसलाई व्यक्तिगत लाभहानी, रिसइबी, धोकाधडीको रूपमा हैन, त्यसमा अन्तरनिहीत विचार, राजनीति, संगठन, संस्कारको बहसको रूपमा बुझौं ! पुरानै गाडीलाई डेन्टिङ–पेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने भन्ने मुख्य बहस हो ! अगुल्टो ठोसेर नै आगो बल्छ भन्ने स्मरण गरौं ! एकता–संघर्ष–रूपान्तरणको विधि अनुसरण गर्न नबिर्सौं !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०० दिनको समीक्षा गर्दै बाबुराम भट्टराईले भने : ‘नयाँ सरकारलाई केही समय दिन उपयुक्त
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई