काठमाडौ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको समाजवादी मोर्चाबारे प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले पुरानै गाडीलाई डेन्टिङ–पेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने भन्ने मुख्य बहस रहेको बताए ।
समाजवादी मोर्चामा आफूलाई सामेल नगरेकोप्रति डा. भट्टराईले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
उनले लेखेका छन्, ‘देशमा अग्रगामी वैकल्पिक शक्तिको रूपमा नयाँ समाजवादी विकल्प निर्माण गर्ने सन्दर्भमा अहिले भइरहेका बहसलाई व्यक्तिगत लाभहानी, रिसइबी, धोकाधडीको रूपमा हैन, त्यसमा अन्तरनिहीत विचार, राजनीति, संगठन, संस्कारको बहसको रूपमा बुझौं ! पुरानै गाडीलाई डेन्टिङ–पेन्टिङ गरेर चलाउने कि नयाँ इन्जिन र डिजाइन सहितको नयाँ गाडी बनाउने भन्ने मुख्य बहस हो ! अगुल्टो ठोसेर नै आगो बल्छ भन्ने स्मरण गरौं ! एकता–संघर्ष–रूपान्तरणको विधि अनुसरण गर्न नबिर्सौं !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव