आफ्नै शिशु फालेर फरार युवक पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, १९ : ४७
आफ्नै शिशु  फालेर फरार युवक पक्राउ

सिरहा । सिराहाको लहान नगरपालिका ३ मा रहेको प्रादेशिक अस्पताल गेटमा गत जेठ १३ गते करिव १ बजेराति नवजात शिशु फालेर फरार भएकामध्ये एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। 

विवाह नै नगरी सँगै बस्दै आएकी युवतीसँगको सम्बन्धले शिशु जन्मिएपछि अस्पतालको गेटमा फालेर फरार भएका पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।सिसिटिभी फुटेज हेरेर सादा पोसाकका प्रहरी परिचालन गरी शिशु फाल्न मोटरसाइकल चलाएर आएका पुरुषलाई लहान बजार क्षेत्रबाट गत जेठ २६ गते पक्राउ गरी जन्माएको बच्चा फाल्ने र परित्याग गरेको कसुरसमा प्रहरीले मुद्दा दायर गरेको छ । 

इलाका प्रहरी कार्यालय लहानका अनुसार शिशु भेटिएपछि तत्काल उद्धार गरी अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)लाई जिम्मा दिएर प्रहरीले फरार भएका दुईजनाको खोजतलास गर्ने क्रममा एकजनालाई पक्राउ गरी मुद्दा चलाएको हो ।

अस्पताल परिसरमा मध्यरातमा केटिएम मोटरसाइकलमा बच्चासहित मास्क लगाएका पुरुष र महिला आएर करिब १५ दिनजतिकी शिशु फालेर फरार भएका थिए। 

पक्राउ परेका पुरुष र महिला गत बैशाख २७ गते दिउसो करिव ३ वजेको समयमा पेट दुख्यो भन्दै प्रादेशिक अस्पताल लहानमा भर्ना भएका अस्पताल प्रशासनले जनाएको छ। उनीहरु पेट दुखेको भनेर आएपनि बच्चा पाउने अवस्थामा रहेकाले भर्ना भएको केहि घण्टामै बच्चा जन्मियो। सोही वच्चा गत जेठ १३ गते राति अस्पताल गेटमा छोडेर भागेका थिए। 

बच्चा जन्माउने युवति भने फरार रहेकी  छन् । आजै अस्पतालले शिशु आफन्तको जिम्मा लगाएको छ।

प्रतिक्रिया दिनुहोस