काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरुको उत्थान हुन नसक्ने बताएका छन् ।
सोमवारबाट काठमाडौंमा शुरु भएको ट्रेड युनियन काँग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा श्रमजीवी र परजीवी गरी दुई प्रकारका जीवी रहेको बताए । परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरुले सम्मान पाउन नसक्ने भन्दै उनले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम टे«ड युनियन काँग्रेसले गर्नुपर्ने बताए ।
‘अब यो मुलुकमा एउटा प्रवृत्तिको जरो हल्लउने काम तपाईहरुले नै गर्नुपर्छ,’ उनले भने, ‘त्यो भनेको भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम तपाईहरुले गर्ने हो । नेपाली राजनीतिमा दुई वर्ग छन् । दुई वटा जीवी छन् । एउटा श्रमजीवी र अर्को परजीवी । परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरुको उत्थान हुन सक्दैन । ट्रेड युनियन काँग्रेसले मागेर होइन, खोसेर अधिकार लिने हो । अब खोस्न अघि बढ्नुस् । आज यो मुलुक भ्रष्ट प्रवृत्तिका कारणले गर्दा बन्न नसकेको हो । भ्रष्ट प्रवृत्ति बदल्न आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’: धनराज गुरुङ
राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो : धनराज गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : उपसभापति गुरुङ
धनराज गुरुङसँग सिआइबीले लियो बयान
सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन