विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न सांसद श्रेष्ठको माग

सफल खबर संवाददाता

सोमबार, ०४ असार २०८०, १३ : १४
विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न सांसद श्रेष्ठको माग

काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले संघीय संसद अन्तरगतका विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न माग गरेका छन ।

सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले संघीयताका लागि अति आवश्यक ऐन, नियम, कानुन बनाउन पनि ती समितिहरुको सभापति चयन कार्य ढिलाई गर्न नहुने बताए । सांसद श्रेष्ठले समिति बनाउने काममा समेत ढिलाई भएकाले ती समितिहरुको सभापति चयन प्रक्रियामा भने ढिलाई गर्न नहुने बताए ।

सांसद श्रेष्ठले समितिका सभापतिहरुको चयन नहुँदा स्थानीय तहको विकास, निर्माणको कामलाई अघि बढाउने कानुन निर्माणको काम समेत अवरुद्ध भएको बताए ।सांसद श्रेष्ठले कानुनहरुको निर्माण गरी संघीयता कार्यान्वयनका कामहरुलाई तीव्रता दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस