संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी : पदम गिरी

सफल खबर संवाददाता

आइतबार, ०३ असार २०८०, १६ : २५
संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी : पदम गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी रहेको बताएका छन ।आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

एमाले प्रमुख सचेतक गिरीले वडाले पनि विनियोजन गर्न नसुहाउने खालको बजेट केन्द्रिय सकरकारले विनियोजन गरेको आरोप लगाए। उनले बजेट प्रतिफल आउने ठाउँमा हुन नसकेको बताए । उनले सरकारले बनाएका नीतिमा सरकार इमान्दारिताका साथ खरो रुपले उत्रिनसके मात्रै संघीयता बलियो बन्ने बताए ।

प्रमुख सचेतक गिरीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गरेपनि प्रतिफल आउने ठाउँमा लगानी हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस