काठमाडौ। सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।
सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ । यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ कराेड ९१ लाख ८४ हजार १६ रुपैयाँ काराेबार भएकाे छ ।
३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स र सोल्टी होटल परेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार
सेयर बजारका सबै सूचक घटे
४.९८ अंकले घट्यो सेयर बजार
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि