ऐतिहासिक एक दिवसीय डेब्यु खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०७५, ०७ : ४५
ऐतिहासिक एक दिवसीय डेब्यु खेलमा  नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित

चितवन । ऐतिहासिक एक दिवसीय डेब्यु खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित बन्न पुगेको छ । नेपालले नेदरल्यान्ड्सबाट १९० रनको मध्यम स्तरको लक्ष्य पाएपछि ब्याटिङ चल्न नसक्दा पराजित बन्न पुग्यो ।
१९० रनको लक्ष्य पाएको नेपाल ४१.५ ओभारमा १३४ रन बनाउँदै अलआउट हुन पुग्यो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१ तथा  कप्तान पारस खड्का १२ रनमै आउट भए । अन्य ब्याट्सम्यानको भने कुनै प्रभावकारी प्रदर्शन हुन सकेन ।
बलिङतर्फ नेदरल्यान्ड्सका पीएम सेलर, रिप्पोन र क्लास्सेनले समान ३–३ विकेट लिए । यस्तै लेडीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले  ४७ ओभर ४ बलमा १८९ रन जोड्दा अलआउट भयो ।

यसक्रममा कप्तान पारस खड्काले ४ विकेट हात पारे । उनका अलावा सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, वसन्त रेग्मी र करण केसीले १–१ विकेट लिए । नेदरल्यान्ड्सका लागि रिप्पोनले सर्वाधिक ५१ रन जोडे ।

प्रतिक्रिया दिनुहोस