काठमाडौ । आज पाँचथर, ताप्लेजुङ र संखुवासभासहित आठ जिल्ला भई वहने नदी/खोलामा बाढी आउने सम्भावना रहेको छ ।
जन तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पाँचथर, ताप्लेजुङ र संखुवासभासहित आठ जिल्लामा आज बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो ।
महाशाखाले ती आठ जिल्लाका नदी/खोला तटीय क्षेत्रमा बस्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । पाँचथर र ताप्लेजुङ भई वहने नदीमा बाढीको जोखिम उच्च छ रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आजदेखि ३ दिनसम्म बाढीको जोखिम रहेका नदीको विवरण पनि दिएको छ।
महाशाखाका अनुसार आज र भोलि (सोमवार) र पर्सि (मंगलवार) तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने सम्भावना छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो
यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
यी जिल्लाका नदी र खोलामा छ बाढीको जोखिम
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
आज यी नदीहरूको बहाव बढ्न सक्ने