रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका ५ मा बस्ने २५ वर्षीय अबुलैस मिया कवारीको विद्युत्को करेन्ट लागेर मृत्यु भएको छ।
गर्मीबाट बच्न गए राति आफ्नो घरमै पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर कवारीको ज्यान गएको हो ।
दुई दिनभित्र रौतहटमा करेन्ट लागेर ३ जना युवाको ज्यान गएको छ । यस अघि विद्युतीय मोटरबाट करेन्ट लागेर रौतहटको बौधीमाई नगर क्षेत्रमा शुक्रबार राति २ जना युवकको ज्यान गएको थियो।
मृत्यु हुनेमा बौधिमाई ५ कोपवा गाउँका २५ वर्षीय अरुण साह र २६ वर्षका सिताबी पण्डित रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि उमाशङ्कर यादवले बताए ।
ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साह लाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो। साहलाई बचाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए। तत्काल एम्बुलेन्स बाट दुवै जना लाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लैजाँदा डाक्टरले दुवै जना लाई मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु