काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नभएको बताएका छन् । आज विरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई गुमराहमा राख्नका लागि समाजवादी मोर्चाको विषय उठान भएको आरोप लगाए ।
वामपन्थी हुँ भन्नेहरुले जनतामाझ लोकतान्त्रिक व्यवहार र संस्कारको विकास गर्नुका साटो समाजवादको कुरा गरेर भ्रम छरिरहेको उनले आरोप लगाए । ‘नेपालमा लोकतन्त्र छैन, दलतन्त्र छ । लोकतन्त्रको कुरा गर्न छाडेर समाजवादको कुरा गर्नु जनतालाई ढाँट्नु हो । समाजवादी मोर्चाको कुनै औचित्य छैन,’– साहले भने ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह