काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो ।
जबकि, यो साताको शुक्रबारसम्म आइपुग्दा ७०० रुपैयाँ प्रतितोलाले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा आइपुगेको हो ।यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार १०० रुपैयाँले घटेको थियो । यस्तै, मंगलबार तोलामा ३०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार ९०० ले घटेको थियो ।
यस्तै, बिहीबार ८०० ले घटेको मूल्य शुक्रबार फेरि ८०० ले नै बढेको थियो ।यस्तै, यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार ३० रुपैयाँले घटेर १४ सय २५ रुपैयाँमा आइपुगेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?