रौतहट । अवैध हतियारसहित रौतहटबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही मलंगवा ७ का ६५ वर्षीय मोहन राय र सोही ठाउँका ४५ वर्षिय उमेश राय रहेको रौतहट प्रहरी प्रवक्ता डिएसपी उमाशङ्कर यादवले बताए ।
मौलापुर बजार आइटी चौकमा शुक्रबार साँझ प्रहरी टोलीले सवारी चेकिङको क्रममा बाराबाट घर तर्फ जाँदै गरेको भारतीय नम्बर यूपी ५० एन ३२३८ को मोटरसाइकलको सिट मुनी १ थान नलकटुवा पेस्तोल र १ थान गोली बरामद भएको प्रवक्ता डिएसपी यादवले जानकारी दिए।
अवैध हतियार र मोटरसाइकलमा सवार दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ