रौतहट । अवैध हतियारसहित रौतहटबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही मलंगवा ७ का ६५ वर्षीय मोहन राय र सोही ठाउँका ४५ वर्षिय उमेश राय रहेको रौतहट प्रहरी प्रवक्ता डिएसपी उमाशङ्कर यादवले बताए ।
मौलापुर बजार आइटी चौकमा शुक्रबार साँझ प्रहरी टोलीले सवारी चेकिङको क्रममा बाराबाट घर तर्फ जाँदै गरेको भारतीय नम्बर यूपी ५० एन ३२३८ को मोटरसाइकलको सिट मुनी १ थान नलकटुवा पेस्तोल र १ थान गोली बरामद भएको प्रवक्ता डिएसपी यादवले जानकारी दिए।
अवैध हतियार र मोटरसाइकलमा सवार दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ