काठमाडौ । कैलालीमा जिपको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–४ खैरेनामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा डोटीको शिखर नगरपालिका–९ का ३५ वर्षीय राजेन्द्र सिंह खड्काको मृत्यु भएको हो।
खड्काले चलाएको से ३ प ९२५ नम्बरको मोटरसाइकललाई प्रदेश ३ ०१–०२४ च ५१४ नम्बरको जिपले गत बिहीबार ठक्कर दिएको थियो। दुर्घटनामा खड्काको छाती र मुखमा गम्भीर चोट लागेको थियो।
माया मेट्रो अस्पतालमा उपचारका क्रममा शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप चालक गोदावरी नगरपालिका– १ का ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु