काठमाडौ । कैलालीमा जिपको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–४ खैरेनामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा डोटीको शिखर नगरपालिका–९ का ३५ वर्षीय राजेन्द्र सिंह खड्काको मृत्यु भएको हो।
खड्काले चलाएको से ३ प ९२५ नम्बरको मोटरसाइकललाई प्रदेश ३ ०१–०२४ च ५१४ नम्बरको जिपले गत बिहीबार ठक्कर दिएको थियो। दुर्घटनामा खड्काको छाती र मुखमा गम्भीर चोट लागेको थियो।
माया मेट्रो अस्पतालमा उपचारका क्रममा शुक्रबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिप चालक गोदावरी नगरपालिका– १ का ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु
अमेरिकामा भएको कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु
छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
करेन्ट लागेर युवकको मृत्यु
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु