नेपाल र नेदरल्याण्डबीचको खेल शुरु, नेपालले बलिङ गर्दै

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०७५, १५ : ३८
नेपाल र नेदरल्याण्डबीचको खेल शुरु, नेपालले बलिङ गर्दै

काठमाडौँ । नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट  सुरु भएको छ । नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल सुरु भएको छ ।  खेलमा टस जितेर  नेदरल्याण्डले पहिले ब्याटिङ गरेको छ ।
सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो ।

नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इन्डिनय प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।

नेदरल्याण्डमा एक दिवसीय दुई खेल हुनेछन् । नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो पहिलो अवसर हो । यसै अवसरलाई सदुपयोग गर्दै नेपाली बलर शक्ति गौचनले डेढ दशक लामो आफ्नो खेलयात्राबाट सन्यास लिँदैछन् । नेपाल र नेदरल्याण्डबीच आम्स्टरडममा दोस्रो एक दिवसीय खेल यही साउन १८ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस