काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा लगाउनको लागि आयोगले समयानुकुल पाठ्यक्रम तथा परीक्षण विधिमा सुधार गर्न आवश्यक रहेको बताएका छन। शुक्रवार लोकसेवा आयोगको ७३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताए ।
उनले पछिल्लो समय नेपालबाट बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको भन्दै त्यस्तो जनशक्तिलाई नेपालमा नै सेवा गर्न प्रेरित गर्न लोकसेवा आयोगले भुमिका खेल्नुपर्ने बताए। उनले लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य,दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने बताए। उनले कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग रहेको भन्दै आयोगले गलत भर्ना नीति र प्रक्रियालाई निरुत्साहित गर्न आवश्यक रहेको बताए । उनले कर्मचारी छनोट,भर्ना प्रक्रियाको परीक्षण विधिहरुमा समय सापेक्ष सुधार गर्न जरुरी भएको उल्लेख गरे । उपराष्ट्रपति यादवले उच्च नैतिकवान र उतप्रेरित कर्मचारीले मात्रै सुशासन कायम टेवा पु¥याउने गरी कर्मचारी छनोट गर्नुपर्ने बताए। उनले सुशासन समग्र सिद्धान्त ,व्यवहार र जनताले अनुभुति गर्ने विषय समेत भएकाले यसलाई नारामा मात्रै सिमित राख्न नहुने बताउनु भयो । उहाँले आयोगले गर्ने भर्ना छनोटको उद्देश्य वर्तमान चुनौतिहरुको सामना गर्नसक्ने जनशक्ति प्रवेश गराउने हुनुपर्ने बताए। उनले संघीयता अनरुपमा समावेशी तर्फ उम्मेदवार छनोट प्रक्रियालाई समय सापेक्ष परिस्कृत गर्दै थप उम्मेदवार छनोट हुनसक्ने गरी कार्यसम्पदान गर्ने आवश्यक रहेको बताए।
उनले भने ,‘लोकसेवा आयोगले संधै वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रुपमा आफ्नो कर्तव्य,दायित्व र जिम्मेवारी निर्वाह गर्न सक्नुपर्दछ । कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग भनेकाले गलत भर्ना नीति र प्रक्रियाले शासन संगठन भित्र स्थायी खराबीहरु प्रवेश गर्नसक्ने भएकाले आयोगले त्यसलाई निरुत्साहित गर्न योग्यताका सबै तत्वहरु पूर्वअनुमियता हुनेगरी परीक्षण विधिहरुमा समय सापेक्ष सुधार गर्न जरुरी छ । योग्यताको धरातलमा ती सुधारहरु उच्च नैतिकवान र उत्प्रेरित कर्मचारीले मात्रै सुशासन कायम टेवा पु¥याउने खालका हुनुपर्छ । आयोगको भर्ना छनोटका विधि तथा प्रक्रिया यसैतर्फ लक्षित हुन जरुरी छ । सुशासन समग्र सिद्धान्त ,व्यवहार र जनताले अनुभुति गर्ने विषय समेत भएकाले यसलाई नारामा मात्रै सिमित राख्नुहुन्न । आयोगले गर्ने भर्ना छनोटको उदेश्य कालका चुनौतिहरुको सामना गर्नसक्ने,सबै खाले परिवर्तनलाई कुशल व्यवस्थापन गर्नसक्ने खालका उत्कृष्ट मस्तिष्क भएको जनशक्ति प्रवेश गराउने हुनुपर्दछ । संघीयता अनरुपमा समावेशी तर्फ उम्मेद्वार छनोट प्रक्रियालाई समय सापेक्ष परिस्कृत गर्दै थप उम्मेद्वार छनोट हुनसक्ने गरी कार्यसम्पदान गर्ने विश्वास लिएको छु । पछिल्लो समय विदेश पलायन भएका बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा खटिन प्ररित गर्ने आयोगले समयाअनकुल पाठ्यक्रम तथा परिक्षण विधिमा आवश्यक सुधार गर्नुपर्छ । आयोगले समयको माग अनुसार प्रविधि मैत्री बन्दै दायित्व र जिम्मेवारीलाई थप विश्वसनिय बनाउने विश्वास व्यक्त गर्दछु ।’
उनले आयोगले समयको माग अनुसार प्रविधिमैत्री बन्दै दायित्व र जिम्मेवारीलाई थप विश्वानिय बनाउने विश्वास व्यक्त गरे। उनले लोकसेवा आयोगले अहिलेसम्म गरेका कामको प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति यादव
गौतमबुद्धको प्रकृति प्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने: उपराष्ट्रपति
जलवायु संकट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्नेमा उपराष्ट्रपतिको जोड
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादव र राजदूत श्रीवास्तवबिच भेटवार्ता
नागरिकलाई घरआँगनमै सरकार रहेको आभास भएको छ : उपराष्ट्रपति यादव