काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका हुन् । उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनको स्वागतका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मामिला मन्त्री अमनलाल मोदी विमानस्थलमा पुगेका थिए । विमानस्थलमा पुनले आफू सबैको माया र सद्भावले स्वास्थ्यलाभ गरी फर्कन पाएकामा खुसी व्यक्त गरे । उता बस्दा पनि नेपालको राजनीति र समग्र अवस्थाबारे निरन्तर चासो राख्ने गरेको उनले सुनाए । ‘सक्रिय राजनीतिमा छु, स्वास्थ्यलाभपछि अझै सक्रिय रहने सोच बनाएको छु,’ पुनले भने, ‘बाँकी कुराहरु केही दिनमा राख्ने छु ।’
पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।
उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन् ।
यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने