बेटिङ प्रचारमा पक्राउ परेका कलाकारलाई ३ दिन हिरासतमा राख्न आदेश

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १९ : ४१
बेटिङ प्रचारमा पक्राउ परेका कलाकारलाई ३ दिन हिरासतमा राख्न आदेश

काठमाडौँ । अवैध अनलाइन बेटिङकाे प्रचार गरेकाे आरोपमा पक्राउ परेका ८ जनादाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

उनीहरूलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनलाइन बेटिङ एप्लिकेसनमार्फत अवैध बेटिङको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस