धनुषामा कपडा पसलमा आगलागी, २ करोडभन्दा बढीको क्षति

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १३ : २२
धनुषामा कपडा पसलमा आगलागी, २ करोडभन्दा बढीको क्षति

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका ७ तारापट्टीस्थित एक कपडा पसलमा आगलागी हुँदा २ करोड भन्दा बढीको क्षति भएको छ । तारापट्टी बजारस्थित मिथिला विहारी ६ का अकवर नदाफले सञ्चालन गर्दै आएको न्यू आरजु बस्त्रालय र आरजु बस्त्रालयमा बुधबार राती करिब ३ बजेको समयमा आगलागी हुँदा कपडा र रेडिमेड सामानसहित २० लाखभन्दा बढीको क्षति भएको सञ्चालक नदाफले जानकारी दिए ।

 

पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने सञ्चालकको अनुमान छ । स्थानीय, इलाका प्रहरी कार्यालय धनुषाधाम र धनुषाधाम नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगलागी बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस