अब विदेशमै बसेर आफन्तका लागि फास्ट फुडहरू अर्डर गर्न पाइने

सफल खबर संवाददाता

बुधबार, ३१ जेठ २०८०, १३ : ०२
अब विदेशमै बसेर आफन्तका लागि फास्ट फुडहरू अर्डर गर्न पाइने

काठमाडौँ । हाम्रो गिफ्ट्सले देवयानी इन्टरनेशनल नेपालसँग विश्वभर छरिएर बसेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनहरूलाई उपहार पठाउनको लागि सहकार्य गरेको छ । देवयानी इन्टरनेशनल नेपालले नेपालमा भएका के.एफ.सी. र पिज्जा हटका फास्ट फुडहरू सञ्चालन गर्दै आएको छ। 

 

सम्झौतापछि विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनहरूलाई के।एफ।सी। र पिज्जा हटका परिकारहरू हाम्रो गिफ्टको नेटवर्कमार्फत पठाउन सक्नेछन् । यो सम्झौताले नेपालबाहिर बसोबास गर्ने नेपालीहरूले आफ्ना आफन्तसँगको भौतिक दूरीलाई कम गरी सहयोग पुग्ने देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तीय अधिकृत रितुराज शाहले बताए ।

प्रतिक्रिया दिनुहोस