५४ लाख बराबरको सुनसहित हेटौंडाबाट एक युवक पक्राउ

सफल खबर संवाददाता

बुधबार, ३१ जेठ २०८०, १२ : ०४
५४ लाख  बराबरको सुनसहित हेटौंडाबाट एक युवक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५४ लाख बराबरको सुनसहित एक युवकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले आज विहान ३ बजे हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट एक युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिकाका २२ वर्षीय किसन साह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले रातोमाटे चेकपोस्टमा यात्रुवाहक बसका यात्रु चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित एकजना पक्राउ गरेको हो। प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस