काठमाडौ । म्याग्दीमा भीरबाट खसेर एक महिलाको मृत्यु भएको छ।
धवलागिरि गाउँपालिका–७ धारापानीकी २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताए।
मंगलबार बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो।
चिकित्सकले उनलाई मृत घोषणा गरे। विकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ। विकलाई अस्पतालमा लैजानका लागि स्थानीयवासी र संघसंस्थाबाट चन्दा उठाएर रु एक लाख ४० हजार भाडा तिर्ने गरी हेलि एभरेष्टको हेलिकोप्टर बुक गरिएको थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ जेठ २०८०, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु