काठमाडौ । प्युठानमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको सनाखत भएको छ । स्वर्गद्वारीबाट फर्किँदै गरेको जीप प्युठानकै भिंग्रीनजिकैजिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो ।
मृतकमा दाङको लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षीया राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् । कुमाल गाडी चालक हुन् ।
यसैगरी तुलसीपुर कोठरी घर भई नारायणपुरमा डेरा गरेर बस्ने ३४ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल शर्मा, ९ वर्षीय विकास शर्मा र घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको पनि मृत्यु भएको छ ।
लु १ च ६३४५ नम्वरको जीप भीरबाट खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १९ जना घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते