१८ जना उपसचिवहरुको सरुवा, काे कहाँ पुगे ?

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, १९ : २९
१८ जना उपसचिवहरुको सरुवा, काे कहाँ पुगे ?

काठमाडौं  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समुहमा रहेका १८ जना उपसचिवहरुको सरुवा गरेको छ । 

अतिरिक्तमा रहेका १८ जना उपसचिवहरुमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ । बाँकी सबैको विभिन्न जिल्लास्थित् जिल्ला समन्वय समितिमा सरुवा भएको छ । 

मन्त्री अमनलाल मोदीले नियमित र बढुवा प्रक्रियामा आएका शाखा अधिकृत र उपसचिवलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाउँदै आएका छन् । स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउने अभियानलाई तीव्रता दिइरहेका मन्त्री मोदीले अतिरिक्त समुहका कर्मचारीलाई पनि प्रदेश तथा स्थानीय तहमा खटाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस